शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

खुला मिनी म्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
खुला मिनी म्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
रूपन्देही, भदौ २५ :

एक सय ११ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस रूपन्देहीले आयोजना गरेको खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् ।

पाँच किलोमिटरको प्रतियोगितामा उनले १५ मिनेट ५२ सेकेन्डमा उक्त दूरी पूरा गर्दै प्रथम भएका हुन्। 

यसैगरी रूपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेन्ड र रूपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेन्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।
 
यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रो बाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । 

कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किलोमिटरको दूरी २१ मिनेट २९. ४४ सेकेन्डमा पूरा गर्दै प्रथम भइन भने कुसुम ठगुन्नाले २१ मिनेट २९. ७३ सेकेन्ड र विपना केसी २१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।
 
पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, प्रमाणपत्र, दोस्रोलाई नगद पाँच हजार सहित प्रमाणपत्र र तेस्रो हुनेलाई तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई एक हजार पाँच नगद सहित प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार