शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

ललितपुर महानगरले ल्यायो साढे सात अर्बको बजेट

· बुधबार, ११ असार, २०८२ मा प्रकाशित
ललितपुर महानगरले ल्यायो साढे सात अर्बको बजेट
काठमाडौं, असार ११ :

ललितपुर महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ ।
    
हिजो बसेको नगरसभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरकि हुन् । उनका अनुसार चालुतर्फ रु दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ रु चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ । 
    
बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र प्रदेश सरकारबाट रु १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै, आन्तरिक आयबाट रु तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ । 
    
महानगरबाट हुने विकास निर्माणमा जनसहभागिताबापत रु आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट रु ९५ करोड १५ लाख प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने रु एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गरिन्। 
    
नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगोे पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।
    
यही असार ६ गतेको नगरसभाको पहिलो बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरका थिए । सोही नीति तथा कार्यक्रमका आधारमा हिजो बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार