शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सत्ता साझेदार दलहरूको बैठक बस्दै

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
oli-deuba
काठमाण्डौँ , भदौ २५ :

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।

बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

आजको बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी छ ।

काँग्रेस र एमाले बीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार