शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्रै

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्रै
काठमाण्डौँ , भदौ २५ :

सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुक मार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी गराउनुभएको हो ।

उहाँले एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी दिदैँ खाजा खाने समय दिउँसो १ः ३० बजेदेखि २ बजेसम्म कायम गरिएको उल्लेख गर्नुभएको छ।

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो  आएको भन्दै खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिन नहुने फेसबुकमा लेख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लङ्घन गरेको भेटिए  ‘हेलो सरकार’ मार्फत उजुरी दिन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार