शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश गण्डकी प्रदेश

कांग्रेसको महाधिवेशन ०८३ मङ्सिरभित्रै हुनुपर्छ : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
कांग्रेसको महाधिवेशन ०८३ मङ्सिरभित्रै हुनुपर्छ : शेखर कोइराला
तनहुँ, असार ८ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए ।

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उहाँले सबै नेताकार्यकर्तालाई आग्रह गरे ।

तनहुँका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यस जिल्लाको परिस्थिति फेरिएकाले अब यहाँको नेतृत्वले नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कोइरालाको भनाइ थियो ।

सदस्यता नवीकरणका सन्दर्भमा केही कमजोरी भएको भए वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाउनुपर्ने उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार