शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पहिरोले नहर बगाएपछि बागलुङका एक हजार तीन सय १३ घर बिजुली विहीन

· आइतबार, २४ भदौ, २०८१ मा प्रकाशित
पहिरोले नहर बगाएपछि बागलुङका एक हजार तीन सय १३ घर बिजुली विहीन
बागलुङ, भदौ २४ :

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि बागलुङ निसी खोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

निसीखोला गाउँपालिका- ४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसी खोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।

आयोजनाबाट उत्पादन बन्द भएसँगै बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौर लगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसी खोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उहाँले बताउनुभयो ।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताउनुभयो । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार