
फाइल तस्बिर।
काठमाडौं, असार ५ :
प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। बैठक विशेष कारणवश स्थगन गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागि बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने भनिएको थियो।
प्रारम्भमा बैठक बुधबारका लागि तय गरिएको थियो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ बाहिर रहेकाले समय परिवर्तन गरिएको थियो। प्रचण्ड काठमाडौँ आइसकेपछि बैठक बस्ने भनिएको थियो । ढिलो भएको जनाउँदै प्रधानमन्त्रीले बैठक स्थगित गरेको बुझिएको छ ।