शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

· मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
हुम्ला, असार ३ :

सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ ।  

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा सो दुर्घटना भएको हो । घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

सोही घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उपरीक्षक पोखरेलले बताउनुभयो । घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् ।

उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार