शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

न्यायाधीश थारूमाथि कालो मोसो दलेको घटनाप्रति न्यायाधीश समाजको आपत्ति

समाजले घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
न्यायाधीश थारूमाथि कालो मोसो दलेको घटनाप्रति न्यायाधीश समाजको आपत्ति
काठमाडौं, जेठ ३० :

वीरगञ्जमा न्यायाधीश खुसीप्रसाद थारूमाथि कालो मोसो दलेको घटनाप्रति न्यायाधीश समाज, नेपालले गम्भीर आपत्ति जनाएको छ। 

न्यायाधीश समाजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेका न्यायाधीशमाथि गरिएको यस्तो कार्य अत्यन्तै निन्दनीय छ। यसले व्यक्तिगत रुपमा मात्र नभई समग्र न्यायपालिकामाथि नै आक्रमण भएको बुझिन्छ। यस्ता आपराधिक कार्य गर्ने जो कसैलाई पनि छुट दिन मिल्दैन।’

संस्थाले घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

इँटा भट्टामा मान्छे जिउँदै जलाएर हत्या गरेको आरोप लागेका अफ्ताफ आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलापछि न्यायाधीश थारूमाथि हिजो केही व्यक्तिले मोसो छयापेका थिए ।

बिहीबार दिउँसो करिब ४ बजे, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा बसिरहेको बेला केही व्यक्तिले न्यायाधीश थारूमाथि कालो मोसो फालेका थिए।

घटनापछि गर्भु महतो, पदमबहादुर मगर र अविनाश भनिने किशोर कुमार  पक्राउ परेका छन् । उनीहरुले जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै नाराबाजी गर्दै मोसो फालेका थिए।

जेठ १४ गते, न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसलालाई उल्टाउँदै अफ्ताफ आलमलाई सफाइ दिएको थियो। त्यसको विरोधस्वरूप यो घटना भएको बताइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार