काठमाडौं, जेठ २८ :

प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नाराबाजी गर्दै संसद अवरुद्ध गरेका थिए।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेपछि प्रतिपक्षी सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। अवरोधकाबीच सभामुख घिमिरेले दलीय आधारमा सांसदहरुलाई बोल्न दिने प्रस्ताव गर्दै बैठक सञ्चालनको आग्रह गरे पनि सांसदहरुले मान्न मानेनन्।

यता, सत्तापक्षका सांसदहरुले भने संसद अवरुद्ध गरेर बोल्न नदिएको भन्दै आपत्ति जनाउँदै बैठक सञ्चालनको माग गरेका थिए।

विपक्षी सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।