बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

तीज पर्वले आम महिलामा उत्साह र जाँगर प्रदान गरोस्ः सभामुख घिमिरे

· शुक्रबार, २२ भदौ, २०८१ मा प्रकाशित
तीज पर्वले आम महिलामा उत्साह र जाँगर प्रदान गरोस्ः सभामुख घिमिरे
काठमाण्डौँ , भदौ २२ :

सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दु महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उक्त कामना गर्नुभएको हो ।
     
“तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक- सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ”, सन्देशमा भनिएको छ, “लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो ।”

सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधता भित्रको एकता उद्‍घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताउनुभएको छ ।

उहाँले मौलिक पर्वलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी भएको सन्देशमा लेख्नुभएको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

तीज हिन्दू नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो । नेपाली हिन्दु महिलाद्वारा हर्षोल्लासका साथ मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार