शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

पतञ्जलि जग्गाबारे माधव नेपाल भन्छन्- मैले बदमासी गरेकै छैन, कर्मचारीले हुनसक्छ

‘कसैले लुपहोल्स राखेको भए मेरो ध्यान त्यतातिर गएको थिएन । मैले बदमासी कहिल्यै गरेको छैन, त्यसैले मुद्दा दर्ता हुँदैमा डराउने अवस्था छैन ।’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
पतञ्जलि जग्गाबारे माधव नेपाल भन्छन्- मैले बदमासी गरेकै छैन, कर्मचारीले हुनसक्छ
रौतहट, जेठ २२ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले बेठीक काम नगरेको दाबी गरेका छन् । 

रौतहटमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले नेपाली जनता स्वस्थ रहून् भन्ने सोचले मात्र पतञ्जलिलाई जग्गा दिने निर्णय गरेको हुँ, कुनै अनियमितता गरेकै छैन।’ पतञ्जलिलाई दिएको जग्गा प्रकरणमा आफू निर्दोष रहेको उनको दाबी छ। उनले भने, ‘यदि अनियमितता भएको हो भने त्यो कर्मचारी तहबाट हुन सक्छ।’

‘कसैले लुपहोल्स राखेको भए मेरो ध्यान त्यतातिर गएको थिएन,’ नेता नेपालले स्पष्ट पारे, ‘मैले बदमासी कहिल्यै गरेको छैन, त्यसैले मुद्दा दर्ता हुँदैमा डराउने अवस्था छैन ।’ उनले काठमाडौँ फर्किएपछि कानुनी सल्लाह लिएर थप धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार