बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

अब सभापतिको उम्मेदवार म हुँ : डा शशाङ्क कोइराला

· बुधबार, २० भदौ, २०८१ मा प्रकाशित
अब सभापतिको उम्मेदवार म हुँ : डा शशाङ्क कोइराला
चितवन, भदौ २० :

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनुभएको छ । 

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो । 

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उहाँ यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले भन्नुभयो, अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।

 महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उहाँले थप्नुभयो, सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।

 नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार