शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

देशमै सम्भावना खोज्न युवाहरुलाईअध्यक्ष ढकालको आग्रह

· शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
देशमै सम्भावना खोज्न युवाहरुलाईअध्यक्ष ढकालको आग्रह
काठमाडौं, जेठ १६ :

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ ।

आजदेखि काठमाण्डौंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।  

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बैङ्क तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनुभयो । “म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ”,उहाँले भन्नुभयो ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा,जोश,सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवालाई नेतृत्व,व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार