शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

विदेश बस्ने आफन्तलाई 'रातो च्याउ' कोसेली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
विदेश बस्ने आफन्तलाई 'रातो च्याउ' कोसेली
म्याग्दी, जेठ १३ :

म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन् ।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए । ‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन् ।

दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्,’ बूढाले भने ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छा ।’ आलो रातो च्याउ बजारमा रु आठ सयदेखि रु एक हजार दुई सय सम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिए।

धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाए । जेठ लागेयता उनले १४ किलो च्याउ सङ्कलन गरेर बिक्री गरी १५ हजार बढी आम्दानी गरेका छन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक  र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार