शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

गभर्नर पौडेललाई अर्थमन्त्रीको बधाई, मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा पहल हुने विश्वास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
गभर्नर पौडेललाई अर्थमन्त्रीको बधाई, मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा पहल हुने विश्वास
काठमाडौं, जेठ ७ :

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  गभर्नरमा नियुक्त भएकामा प्रा. डा. विश्वनाथ पौडेललाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनियुक्त गभर्नर पौडेलले बुधबार गरेको भेटका क्रममा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गरे ।

साथै  अर्थमन्त्रीले नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना  दिएका थिए।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती देखिएको छ ।

यसैबीच,नवनियुक्त गभर्नर पौडेलले कार्यभार सम्हालेका छन् ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार