शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद् बैठक बस्दै

‘विश्व पौडेल नयाँ गभर्नर बन्ने लगभग निश्चित’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर।
काठमाडौं, जेठ ६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकअघि अपराह्न ४ बजे नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बस्नेछ।

बैठकअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो।

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको निर्णय हुने सम्भावना छ। देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सहमत भएका छन्।

कांग्रेसले विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्न प्रस्ताव गरेको छ। पौडेलले गभर्नर बन्ने तयारीस्वरूप सिफारिस समितिबाट राजीनामा समेत गरिसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार