
काठमाडौं, जेठ १ :
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। आदेशअनुसार मिश्रलाई सर्वोच्चको इजलासमा उपस्थित गराइएको हो। अरु बेलामा उनलाई हतकडी लगाउने गरिए पनि आज भने खोलिदिएको थियो।
बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले २४ घण्टाभित्र सक्कल फाइलसहित अदालतमा उपस्थित गराउन काठमाडौँ प्रहरी परिसरलाई आदेश दिएको थियो।
मिश्रकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। अदालतले मिश्रलाई पुनः थुनामा पठाउँछ या धरौटीमा रिहा गर्छ त्यो प्रतिक्षाको विषय भएको छ ।