बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

विमलेन्द्र निधिको प्रस्ताव : गणतन्त्र दिवसको सम्मानमा बजेट मिति सारौं

‘गणतन्त्र दिवसकै दिन बजेट पेस हुने परम्पराले गणतन्त्रको गरिमा कमजोर बनाउन सक्छ ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
विमलेन्द्र निधिको प्रस्ताव : गणतन्त्र दिवसको सम्मानमा बजेट मिति सारौं
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधि । फाइल तस्बिर।
काठमाडौं, जेठ १ :

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधिले जेठ १५ गते प्रस्तुत गरिँदै आएको वार्षिक बजेटको मिति परिवर्तन गर्न सुझाव दिएका छन्।  गणतन्त्र दिवसकै दिन बजेट पेस हुने परम्परा गणतन्त्रको गरिमा कमजोर बनाउने भन्दै उनले यो मिति फेरिनुपर्ने धारणा राखेका हुन्।

सांसद निधिले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भने, ‘जेठ १५ गते गणतन्त्र दिवस हो, जुन हाम्रो इतिहासको अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो। त्यही दिन बजेट ल्याइनु दुवै विषयको गहिरो अर्थलाई कमजोर पार्न सक्छ।’

उनका अनुसार गणतन्त्र दिवसको गम्भीरताको सन्देश दिन र त्यसको महत्व कायम राख्न बजेट पेसको मिति सारिनु आवश्यक छ। ‘गणतन्त्र र बजेट दुवै महत्त्वपूर्ण विषय हुन्, तर गणतन्त्रको ऐतिहासिक मूल्य धेरै ठुलो छ,’ उनले तर्क गरे।

निधिले संविधानमै बजेट जेठ १५ गते प्रस्तुत गरिने व्यवस्था भएकाले त्यसमा संशोधन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। ‘संविधानले १५ गते भनेको हो भने संविधान संशोधन गरौं,’उनको सुझाव थियो, ‘ताकि गणतन्त्र दिवसलाई प्राथमिकतामा राख्न सकियोस्।’ गणतन्त्र दिवसको राष्ट्रिय महत्त्वबारे पुनर्विचार गर्ने बहसलाई उनको प्रस्ताव बल पुर्‍याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार