शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

शिवसेनाका अध्यक्षलाई तत्काल रिहा गर्न कमल थापाको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
शिवसेनाका अध्यक्षलाई तत्काल रिहा गर्न कमल थापाको माग
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ।
काठमाडौं, वैशाख २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई तत्काल रिहाको माग गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत उनीसहित ‘आस्थाका सबै बन्दी’ लाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

‘सरकार झन्‌झन् निरंकुश र असहिष्णु बन्दै छ । फरक विचार बोकेकै कारण रवीन्द्र मिश्र, दुर्गा प्रसाईं, पशुपति खड्का, मनीन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल विष्ट लगायतलाई सरकारले विनाकारण डेढ महिनादेखि थुनामा राखेको छ,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यसैबीच शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई पनि पक्राउ गरेको छ । आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दछु ।’

काठमाडौँको तीनकुनेमा गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा बस्नेत संलग्न रहेको प्रहरीको आरोप छ । काठमाडौंको सुकेधाराबाट  प्रहरीले आइतबार बस्नेतलाई पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार