शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

· बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर
काठमाण्डौं, वैशाख २५ :

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान कार्यालय,बुटवलको अनुसन्धानका आधारमा कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका–६,बिमिहाका राजेशकुमार वर्मा,राकेशकुमार वर्मा,जङ्गबहादुर वर्मा (सोनार) र कपिलवस्तुको मायादेवी गाउँपालिकाका–१,इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा रु २१ लाख,३८ हजार बरामदित भारतीय मुद्रा अवैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको थियो । उनीहरुलाई विदेशी भारतीय मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न गरी कपिलवस्तु जिल्ला अदालत,तौलिहवा,कपिलवस्तुमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) दफा १८ क(१) बमोजिम मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।   
                                                                                          
उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ (संशोधनसहित) को दफा ३,४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८÷०९÷२३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा (७) मा भएको व्यवस्थाले विदेशी विनिमय अपचलन गर्ने गरेको अनुसन्धानबाट देखिएकाले मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।                  

प्रतिवादीहरुका साथबाट बरामद भारतीय मुद्राको नेपाली रु ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिवाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरी पाउन माग गरिएको छ ।

साथै उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक मियाविरुद्ध आज नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

उनले मूल्य अभिवृद्धि कर असुल नगरेको,बिक्रीबिजक जारी नगरी बिक्री गरेका साथै कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइएका मालवस्तु बिक्रीवितरण गरेका साथै गैरविजक जारी गरी मालवस्तु बिक्री गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।

उनले भन्सार चोरीपैठारी, मूल्य अभिवृद्धि कर छलि र आयकरतर्फ गरी एक करोड ५५ लाख ६६ हजार बिगो असुल उपरगरी बिगोको शतप्रतिशत जरिवानासमेत गरी रु तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार