शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तीनकुने घटनाका थप ३६ जना हाजिरी जमानीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
तीनकुने घटनाका थप ३६ जना हाजिरी जमानीमा रिहा
फाइल तस्बिर।
काठमाडौं, वैशाख २५ :

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थप ३६ जनालाई रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको हो।

रिहा गरिएका ३६ जनामध्ये ३४ जना आपराधिक उपद्रवसम्बन्धी र २ जना राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका थिए। हाल राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जनासहित कुल ५२ जना अझै प्रहरी हिरासतमा रहेका छन्। तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं छन्।

त्यस्तै, आपराधिक उपद्रवसम्बन्धी अनुसन्धानमा रहेका अन्य २१ जना पहिल्यै रिहा भइसकेका छन् ।  चैत १५ गतेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने करोडौंको जनधनको क्षति पुगेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार