शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

गाडी भासिएर वेपत्ता भएको घटनाको बिषयमा खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गर्यो

· मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
गाडी भासिएर वेपत्ता भएको घटनाको बिषयमा  खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गर्यो
मकवानपुर, वैशाख २३ :

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गरेको छ । अध्ययनका लागि टोली आजै हेटौंडा पुगेको हो । 

उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट,माटोको तह,भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।

शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो।

लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि  भूगर्भविद्हरूले अध्ययन सुरु गरेको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार