शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

माओवादी अध्यक्षप्रति सूर्य थापाको कटाक्ष- झुटो बोल्नेलाई काबिल नेता मानेर कहिलेसम्म सुनिरहनुपर्ने हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
माओवादी अध्यक्षप्रति सूर्य थापाको कटाक्ष- झुटो बोल्नेलाई काबिल नेता मानेर कहिलेसम्म सुनिरहनुपर्ने हो ?
काठमाडौं, वैशाख २२ :

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले आजै सरकार ढल्छ, भोलि नै ढल्छ, सबै मिलाइसकेको छु भन्ने किसिमका अभिव्यक्तिहरू प्रचण्डबाट निरन्तर सार्वजनिक भइरहेकाले यसले मिडियामा भ्रम र समाजमा ध्वनि प्रदूषण मात्रै बढेको आरोप लगाए ।

उनले सरकारविरुद्धका चलखेल भइरहेको जनाउँदै यस्ता झुटा र निरर्थक वक्तव्यले जनतामा भ्रम फैलाउने काम मात्रै गरेका बताए ।

सांसद थापाले माओवादी अध्यक्षप्रति कटाक्ष गर्दै भने, ‘त्यस्ता नेता, जसले दिनमा अनेकथरी झुटा अभिव्यक्ति दिन्छन्, कति वटा जिब्रा भएका हुन् ? कति झुटा कुरा भन्न सक्ने काबिल ठान्ने? हामी नेपालीहरूले त्यस्तो नेतृत्वलाई अझै कति समय सहनुपर्ने हो ?’

सांसद थापाले  निरन्तर सत्ता अस्थिरता पैदा गर्ने प्रयास लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार भएको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार