संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा द्वन्द्वपीडितको प्रतिनिधित्व नपरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीडितको पक्षबाट प्रतिनिधि राख्ने जिम्मा आफूले लिने बताएका छन्।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा सोमबार बिहान पीडित प्रतिनिधिहरूसँगको भेटमा देउवाले भने, ‘जान्न नभन्नुहोला, मलाई दुई जनाको नाम दिनुस्, म जिम्मा लिन्छु।’
सिफारिस समितिले तयार पारेको ३४ जनाको संक्षिप्त सूचीमा पीडित प्रतिनिधि नपरेको भन्दै उनीहरूले असन्तोष जनाउँदै आएका छन्।
यसअघि आइतबार द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन माग गरेका थिए।
प्रधानमन्त्री ओलीले पनि सिफारिस समितिले पीडितसँग परामर्श नगरेको गल्ती स्वीकार्दै सबै पीडितहरूलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।
पीडित प्रतिनिधिहरू सोमबार नै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम छ।
पीडितका तर्फबाट देवी खड्का, डा. राम भण्डारी, सुमन अधिकारी, मैना कार्कीसहितको टोली देउवालाई ध्यानाकर्षण गराउन पुगेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?