शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार शिक्षा

कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
फाइल फोटो ।
काठमाडाैं, वैशाख २० :

कक्षा १२ को वार्षिक परीक्षा भोलि (आइतबार) देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ २ गतेसम्म चल्ने परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुनेछन्।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ र ४८ हजार २०९ जना जनशक्ति खटिनेछ। नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ विद्यार्थी सहभागी हुनेछन्।

प्रदेशहरूमा सबैभन्दा धेरै बागमतीबाट १ लाख ३५ हजार २४० र सबैभन्दा कम कर्णालीबाट ३८ हजार ८८८ जना परीक्षार्थी सहभागी हुनेछन्। जिल्लातर्फ काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ र मनाङबाट सबैभन्दा कम ४५ जना परीक्षार्थी छन्। यस्तै जापानको एभरेस्ट स्कुलबाट ३८ विद्यार्थीले  परीक्षा दिँदैछन्।

परीक्षाको शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला समन्वय समिति गठन गरिएको छ। बोर्डले परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट घडी र अन्य विद्युतीय उपकरण लैजान निषेध गरेको छ। उल्लंघन गरेमा परीक्षा रद्द हुने चेतावनीसमेत दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार