काठमाडौं, वैशाख १७ :
प्रहरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै उनले प्रहरीलाई पत्र लेखेर आफैंले बुझाएका थिए । हुँदै नभएको आदेश कार्यान्वयन गर्न भन्दै उनले प्रहरीलाई पत्र लेखेका थिए । सोही पत्रका आधारमा प्रहरीले रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।
शाखा अधिकृत विष्टले आफैंले लेखेर प्रहरीलाई बुझाएको पत्र अनधिकृत भएको पुष्टि भएसँगै उनी पक्राउ परेका हुन् ।
विष्टको अनधिकृत पत्रका कारण पक्राउ परेका रेशमलाई सर्वोच्च अदालतले अर्को पत्र पठाएर थुना मुक्त गराउने तयारी छ । प्रहरीले पनि पत्र आएपछि सोही अनुसार गरिने जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’