शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार सुदूरपश्चिम प्रदेश

दाहालले लिए अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
दाहालले लिए अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व
कैलाली, वैशाख १६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

भजनी नगरपालिका ५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष दाहालले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरुनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।

उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दाहालले शैक्षिक पात्रो विमोचन गर्नुका साथै निन्दु राजी र अनिशा थरुनीलाई पाठ्य सामग्रीसहितको झोला हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा पार्टीका नेता-कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताको सवालमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार