शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति भिडियो

थापाले मागे शिक्षामन्त्रीको धारणा : सरकार यही अधिवेशनमै शिक्षा विधेयक टुंग्याउने तयारीमा छ कि छैन?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
थापाले मागे शिक्षामन्त्रीको धारणा : सरकार यही अधिवेशनमै शिक्षा विधेयक टुंग्याउने तयारीमा छ कि छैन?
फाइल तस्बिर।
काठमाडौं, वैशाख १५ :

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकको सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग स्पष्ट धारणा माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा  सांसद थापाले शिक्षा विधेयकलाई यही अधिवेशनमा निष्कर्षमा पुर्‍याउने विषयमा शिक्षामन्त्रीले संसद र जनतालाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए। ‘शिक्षा विधेयकको टुंगो यही अधिवेशनमै लगाउने तयारीमा सरकार छ कि छैन भन्ने स्पष्ट पार्नुपर्छ,’भनी सांसद थापाले संसद्‍मा धारणा माग गरेका छन्।

थापाले आइतबार भएको शिक्षक आन्दोलनमा देखिएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्ता व्यवहार हुनु नहुने बताए। ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु, यस्तो हुनु नपर्ने हो। 

प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन्,’ उनले भने, ‘राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् वा जेसुकै होस्, यस्तो गर्नु दुःखद र अनुचित हो।’ सांसद थापाले आन्दोलनरत शिक्षकहरूलाई पनि संयमित ढंगले आन्दोलित हुन आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार