काठमाडौँ, भदौ १५ :
काठमाडौँबाट भारतको दिल्लीका लागि हिजो राति ९:३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द गरेर यात्रुलाई फर्काइएको छ ।
अन्तिम समयमा उडान रद्द भएको तर कारण केहो भन्ने बारे जानकारी नदिइएको यात्रुहरुको गुनासो छ।
राति अबेर यात्रुलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा राखिएको छ ।
उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर उडान रद्द भएको थियो ।
यसैबीच, एअरपोर्ट सुरक्षा निकायले भने पाइलटको उडान अबधि हिजोका लागि पूरा भएको र अधिक समय उडाउन नपाउने हुँदा उडान रद्द गर्नुपरेको जानकारी दिएको छ ।
एअर इन्डियाका ड्युटी अधिकारीहरुले आज दिउँसो १ बजेपछि मात्र उडान हुने बताएका छन ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’