बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

बुद्धका शिक्षाको महत्त्व झनै बढ्दै गएको छ : प्रधानमन्त्री ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
बुद्धका शिक्षाको महत्त्व झनै बढ्दै गएको छ : प्रधानमन्त्री ओली
लुम्बिनी, वैशाख १३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विश्वमा शान्तिका लागि गौतम बुद्धका शिक्षाहरूको आवश्यकता झनै बढेको बताएका छन्।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युद्ध र अशान्तिका बीचमा शान्ति र करुणाका विचारहरू संसारभर फैलाउनुपर्ने बेला आएको बताए।

‘आज संसारमा खतरनाक किसिमका हतियारहरू निर्माण भइरहेका छन्। युद्धबाट शान्ति सम्भव छैन, ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले शान्तिका लागि बुद्धका शिक्षाहरूको महत्त्व अझ बढेको छ।’

उनले एकातर्फ विश्वमा अशान्ति मच्चिएको बेला अर्कातर्फ नेपालको अगुवाइमा बुद्धका विचारहरू  शान्ति, मानवता र करुणा विस्तार भइरहेको उल्लेख गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। महोत्सवमा करिब ४० देशका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार