कपिलवस्तु, भदौ १४ :

ब्यवसायिक सामाजिक जवाफदेहिता अन्तर्गत नेपालको लोकप्रिय टेलिकम्युनिकेस एनसेल (NCell)को सहयोगमा सिमान्तकृत समुदायका सदस्यहरुलाई लक्षित गर्दै कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ४ मा निशुल्क मुटु स्वास्थ्य तथा जनरल चिकित्सा शिविर सम्पन्न भएको छ ।


नेपाल हृदयरोग प्रतिष्ठान जिल्ला शाखा कपिलवस्तुको आयोजना र स्थानीय यूनाइटेड अस्पताल, स्थानीय संघसंस्थाको समन्वयमा र एनसेलको सहयोगमा कार्यक्रम आयोजना गािरएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्लामा हृदयरोग प्रतिष्ठानले प्रत्येक बर्ष यस्ता शिविरहरु संचालन गर्दै आएको अध्यक्ष न्यौपानेको भनाइ थियो ।

 यस वर्ष प्रतिष्ठानले जिल्ला भरमा ५ वटा शिविर संचालन गर्ने र हालसम्म २ वटा शिविरहरु सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो । 

कपिलवस्तु जिल्लामा एनसेलको सहयोगमा करिव १५०० जनालाई निशुल्क स्वास्थ्य शिवरमार्फत मुटु स्वास्थ्य, महिलाहरुको पाठेघरको स्वास्थ्य परिक्षण र सामान्य चिकित्सासमेत गरी गरिव तथा सिमान्तकृत समुदायका व्यक्तिहरुलाई वेलैमा उपचार गर्न प्रेरित गर्ने, स्वास्थ्य परामर्श तथा जोखिम कम गर्न रोग पहिचान र सिफारिस गर्ने गरिएको शिविर संचालन तथा व्यवस्थापन संयोजक ईन्दिरा भटराईले जानकारी दिनुभयो । यसैगरी शिविरमा रगत, सुगर र ईसिजि गरी जोखिम आँकलन गरी सेवा दिने लक्ष्य पनि राखिएको संयोजक भट्टराईले बताउनुभयो ।

यही भाद्र १३ गतेको शिविरमा २५० जनाले सेवा लिएका संयोजक भट्टराईको भनाइ थियो ।

 शिविरमा स्स्थानीय अस्पतालका सिनियर डाक्टर पूर्णवाहादुर घर्ती, डा. समिर खान, डा. सन्दिप रावलवाट स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविर संचालनका दौरान एनसेल कम्पनीवाट विरामीहरुलाई निशुल्क सिमकार्डसमेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविर आश्विन महिनामा निग्लिहवा र पतरियामा समेत चल्ने आयोजक संस्थाका अध्यक्ष न्यौपानेले जानकारी गराउनु भएको छ ।