
काठमाडौं, वैशाख ११ :
संसद्को बजेट अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदै छ । प्रधानमन्त्री केपी ओलीले संघीय संसद् प्रतिनिधिसभाको भोलिको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए ।
सरकारले संसद्लाई महत्त्व दिने र संसद्मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बर्तौलाको भनाइ छ ।
प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो दिन दलगत रूपमा पनि नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।