
काठमाडौं, चैत ३१ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्के अनुमान गरेका छन्।
नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार सभापति देउवाले अहिलेकै अवस्थामा आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको हुँदा सबै दललाई मिलाएर अघि बढ्नुपर्ने बताए ।
सभापति देउवाले नेपालको संविधान अत्यन्तै राम्रो र सबैलाई मिलाउन सक्ने खालको भएको समेत बताए । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको उल्लेख गर्दै मुस्लिम समुदायबाट धेरै नेताहरूको प्रतिनिधित्व कांग्रेसमा रहनु खुसीको कुरा भएको बताए ।
उनले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत आउने गरी नभए सबैभन्दा ठुलो दल बनाउन आफ्ना भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न समेत निर्देशन दिए ।