नवलपरासी, चैत २९ :

दाउन्नेको सडकको हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

राजमार्ग खुलाउने प्रयास जारी रहेको र हिलोमा फसेका गाडी चिप्लिएका कारण राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

बिहीबार दाउन्ने क्षेत्रमा परेको वर्षाले राजमार्ग हिलाम्य भएको छ ।  ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या हुने गरेको छ ।