काठमाडौं, चैत २४ :

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति र तामाङ समुदाय सम्बध विभिन्न संगठनहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

घिसिङलाई ‘उज्यालो नेपालका नायक’को संज्ञा दिँदै प्रदर्शनकारीहरूले अपमानजनक रुपमा गरिएको बर्खास्ती फिर्ताको माग गरेका छन् । सरकारले गत चैत ११ गते घिसिङलाई हटाउने निर्णय गरेको थियो ।

हेरौं घिसिङको पुनर्बहालीको माग गर्दै गरिएको प्रदर्शनका थप तस्बिर :