शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
काठमाडौँ, चैत २० :

प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजित कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसुर र आपाराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रूपन्देही देबदह–९ का ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादह–१ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङ–३ का २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढी–७ का २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेकामध्ये एक जना ४७ वर्षीय प्रेम थापामगरलाई राज्य विरूद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत तथा अन्य छ जनालाई अपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रवक्ता बोहराले बताए । तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार