शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश गण्डकी प्रदेश

सम्झौता भएको पाँच वर्षमा पनि पुल नबनेपछि ठेकेदारलाई दिएको पेश्की फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
सम्झौता भएको पाँच वर्षमा पनि पुल नबनेपछि ठेकेदारलाई दिएको पेश्की फिर्ता
म्याग्दी, चैत २० :

मालिका गाउँपालिका- ५ र धवलागिरि गाउँपालिका- ७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न  सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । 

धवलागिरि गाउँपालिका- ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण अझै सुरु नभएको हो । वि. सं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।

पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझादरी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप प्रदान गरेको ३३ लाख धरौटीबाट फिर्ता लिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार