नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
कृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा शुभकामना दिँदै उहाँले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एकआपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा सबै जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएका पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो ।
सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै उहाँले सामाजिक असमानताको अन्त्य गरी पारस्परिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरापर्वले विविधतायुक्त नेपाली समाजलाई सामाजिक एवं सांस्कृतिक रूपमा एकता र सहिष्णुताको भावनालाई विकास गर्ने विचार व्यक्त गर्दै सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’