काठमाडौं, चैत १८ :
प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।
संसद् भवन नयाँबानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेकाबेला राप्रपाका सांसदहरुले नियमापत्ति भन्दै हो हल्ला गरिरहेका छन् ।
आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि छ ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद् बैठक अवरुद्ध हुँदै आएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’