शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र बैंक/बीमा

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ : गभर्नर अधिकारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ : गभर्नर अधिकारी
काठमाडौं, चैत १७ :

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुईदिने अन्तर्क्रियाको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ उनले भने, ‘तसर्थ सञ्चारमाध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुवै परिस्थितिमा सञ्चारमाध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।

‘अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ । पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरु सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन् । पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ,’ अधिकारीले भने, ‘केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकहरु कसरी लिन्छ ? सार्वजनिक भएको तथ्यांक कहिलेसम्मको हो ? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ ।’

उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकताअनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो-छोटो सामग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए ।

अन्तर्क्रियाको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए ।

‘वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा बढी संवेदनशील क्षेत्र हो । यो नागरिकको विश्वाससँग जोडिएको विषय हो । नागरिकमा यसको विश्वास रहेन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पुर्याउँछ,’ घिमिरेले भने, ‘आर्थिक तथा वित्तीय क्षेत्रमा रहको विषयमा सत्यतथ्य जानकारी बाहिर ल्याएको खण्डमा त्यसले केन्द्रीय बैंकलाई पनि सहयोग गर्नेछ ।’

मुख्यतः आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने यो कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ । नाफिजकी अध्यक्ष मेनुका कार्कीले यस्ता कार्यक्रमले आर्थिक पत्रकार क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको बताइन् । आगामी दिनमा पनि नाफिजले विभिन्न सरोकारवाला निकायसँग मिलेर यस्तो कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार