बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश कृषि

मुगुका तीन कृषकले पाए उत्कृष्ट मुख्यमन्त्री पुरस्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
मुगुका तीन कृषकले पाए उत्कृष्ट मुख्यमन्त्री पुरस्कार
मुगु, चैत १६ :

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट मुगु जिल्लाका तीन जना कृषकहरू पुरस्कृत भएका छन् ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार हरेक वर्ष जिल्लामा उत्कृष्ट कृषि व्यवसाय गर्दै आएका कृषकमध्येबाट छनोट गरी उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने गरिँदै आएको छ ।

शुक्रबार जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा आयोजित कार्यक्रममा छनोटमा परेका उत्कृष्ट कृषकलाई नगदसहित प्रशंसापत्र र दोसल्लासहित सम्मान गरिएको हो । 

आर्थिक वर्ष २०८१- ०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मन्त्रालयको नीति नियमभित्र रहेर तरकारीखेतीबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ का बृखबहादुर भाम प्रथम दोस्रोमा छायाँनाथ रारा नगरपालिका- ३ निगाले गाउँका नैलासिंह खड्का र सोही नगरपालिका- ६ लिउडी गाउँका मह कृषक रुपबहादुर सेजुवाल तृतीय भए । 

प्रथम, दोस्रो र तृतीय हुने कृषकलाई क्रमशः ३० हजार, २५ हजार, २० हजार नगद पुरस्कार, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार