
काठमाडौं, चैत १५ :
सर्वोच्च अदालतले आज (शुक्रबार) कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दामा कुनै निर्णय गरेन ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको छ ।
आज कुलमानको पेसी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकाले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।
शुक्रबार उक्त मुद्दाको पहिलो बहसपछि इजलासमा न्यायाधीश मुसलमानले सरकारको पनि कुरा सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी गराए ।