शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

राजतन्त्रको पक्षमा माइतीघरमा नारा लगाउने विदेशी को हुन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
राजतन्त्रको पक्षमा माइतीघरमा नारा लगाउने विदेशी को हुन् ?
काठमाडौं, चैत १४ :

राजतन्त्रको पक्षमा माइतीघरमा नारा लगाउने अमेरिकी नागरिक पक्राउ परेका छन् ।

माइतीघरमा बिहीबार राजावादी पक्षधरहरुसँगै राजसंस्थाको पक्षमा नारा लगाइरहेका अमेरिकी नागरिकलाई  प्रहरीले पक्राउ गरेको हो । अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई  प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस् भन्दै माइतीघरमा ब्यानरसहित माइकिङ गर्दै बसेका ब्लिस एक्कासि राजसंस्थाको पक्षमा नारा लगाउँदै सरकारको विरोधमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी नेपालमा विभिन्न ठाउँमा गई ‘शाकाहारी अभियान’ चलाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार