जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दै छ ।
चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज राजधानीमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ ।
जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा यही भदौ १५ गते तथा रौतहट, बारा, पर्सा र हेटौँडा समेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
यस्तै भैरहवामा नवलपरासी, रूपन्देही, कपिलवस्तु र दाङका लागि तथा नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्तालाई अभिमुखीकरणमा सहभागी गराइने छ । गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण कार्यक्रम राखिएको पार्टीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’