शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश अर्थतन्त्र

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनः उत्पादन थाल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनः उत्पादन थाल्ने
हेटौंडा, चैत १२ :

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ ।

उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए ।

‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो,’निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।’

यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उहाँका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।

‘अहिले हामीसँग करिब एक सय टन कोइला छ,’ निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उहाँले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ’, उहाँले भन्नुभयो, ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।’

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।

विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।

एक पछि अर्कोसमस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार