शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति बागमती प्रदेश स्वास्थ्य

क्षयरोगको न्यूनीकरणका लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
क्षयरोगको न्यूनीकरणका लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
फाइल तस्बिर।
भक्तपुर, चैत ११ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरणका लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसको न्यूनीकरणका लागि सरकारले आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको बताए । साथै उनले  त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए  ।

मन्त्री पौडेलले क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने पनि बताए।  खुला सीमानाका कारणले पनि समस्या भएको जनाउँदै उनले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार