शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश भिडियो

सिमली जंगलमा विदेशी पर्यटकको अस्वाभाविक गतिविधि, जंगल नछाड्ने अडान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
सिमली जंगलमा विदेशी पर्यटकको अस्वाभाविक गतिविधि, जंगल नछाड्ने अडान
तस्बिर : सामाजिक सञ्जाल
कैलाली, चैत ११ :

कैलालीको घोडाघोडी नगरपालिका ९ स्थित सिमली जंगलमा हालै गैरकानुनी रूपमा बसेका विदेशी नागरिकले प्रशासनको निर्देशन मानिरहेका छैनन् ।

उनीहरूले जंगल छाड्ने आदेशको पालना नगरी बसोबास गरिराखेका छन् । जसका कारण स्थानीय प्रशासन र प्रहरीले असहज स्थिति झेलिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जंगल छोड्न निर्देशन दिएको थियो । त्यसका आधारमा १३५ जनामध्ये ४५ विदेशी पर्यटकले जंगल छोडेका छन् । ९० जना अझै त्यहाँ बसिरहेका छन् । जब प्रहरीको टोली उनीहरूको स्थानमा पुग्यो र जंगल छाड्न आग्रह गर्यो, तब उनीहरूले स्थान नछोड्ने अडान लिएका छन् ।

प्रहरी निरीक्षक दीर्घ साउदका अनुसार विदेशी नागरिक भएकाले बल प्रयोग नगरी उनीहरूलाई केही दिनमै जंगलबाट जान भनिएको थियो । स्थानीय स्रोतका अनुसार उनीहरूले अर्धनग्न अवस्थामा विभिन्न अस्वाभाविक गतिविधिहरू गर्दै आएका छन् । जसको कारण केही दिनअघि पत्रकारमाथि पनि आक्रमण भएको थियो ।

‘रेन्बो फेमिली ग्यादरिङ’ नामक समूहका विदेशी नागरिक विभिन्न देशबाट आएका छन् । पर्यटक भिसामा नेपालमा घुम्न आएका थिए । यद्यपि, उनीहरूले जंगलमा बस्नका लागि कुनै कानुनी अनुमति लिएका छैनन् । जसका कारण प्रशासनले जंगल छोड्न निर्देशन दिएको थियो ।

स्थानीय समुदायका अनुसार, केही विदेशी नागरिकहरूले जंगलमा स्वतन्त्र जीवनशैली अपनाउँदै शान्तिपूर्ण र नियमविहीन गतिविधिहरू गर्दै आएका छन् । ‘रेन्बो फेमिली’ समुदायको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनसँग जोडिएको छ । अहिले यो विश्वभर फैलिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार